कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापन – मन्द, मध्यम र गम्भीर रोगको जाँच तथा उपचार

Go to class
Write Review

कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापन – मन्द, मध्यम र गम्भीर रोगको जाँच तथा उपचार provided by OpenWHO is a comprehensive online course. Upon completion of the course, you can receive an e-certificate from OpenWHO. The course is taught in Nepaliand is Free Certificate. Visit the course page at OpenWHO for detailed price information.

Overview
  • कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापन कोर्स सिरिज अन्तर्गत रहेको यो कोर्सले मन्द, मध्यम र गम्भीर कोभिड-१९ भएका बिरामीहरूको उपचारमा रहेका व्यवस्थापन रणनीतिहरूको मुख्य कुराहरूको झलक प्रदान गर्दछ। जाँच तथा निदानका विधिहरूलाई कोभिड-१९ मा प्रयोगशाला परीक्षण सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू (laboratory consideration) र कोभिड-१९ मा इमेजिङसँग सम्बन्धित ३ वटा मोड्युलहरूमा चर्चा गरिएको छ। अक्सिजन चलाउने सम्बन्धी कुरालाई नाकबाट लगाइने क्यानुला र फेस मास्कको माध्यमबाट दिइने अक्सिजन थेरापीसँग सम्बन्धित कुरासँगै ध्यान दिइएको छ। व्यवस्थापनको कुरालाई तीनवटा मोड्युल अर्थात् मन्द तथा मध्यम कोभिड-१९ को व्यवस्थापन, गम्भीर कोभिड-१९ को व्यवस्थापन र कोभिड-१९ मा सहसंक्रमण तथा एन्टिमाइक्रोबायलको प्रयोगमा सम्बोधन गरिएका छन्। कोभिड-१९ को लागि थेराप्युटिक र प्रोफिलेक्टिक्सलाई समेटिएको छुट्टै कोर्स पनि रहेको छ, जसले यो कोर्सको पूरकको रूपमा कार्य गर्दछ।

    फोटो क्रेडिट: WHO/ Asad Zaidi

Syllabus
  • Course information

    यो कोर्स मा पनि उपलब्ध छ

    English - हिन्दी, हिंदी -Tiếng Việt - मैथिली - Русский - Казақ тілі

    सिंहावलोकन : कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापन सिरिजलाई कोभिड-१९ महामारीको समयमा कार्य गर्ने स्वास्थ्यकर्मीहरूको लागि विकास गरिएको हो।यस कोर्सले बिरामीहरूको सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार प्रदान गर्नको लागि आवश्यक महत्वपूर्ण ज्ञान प्रदान गर्दछ। पावरप्वाइन्ट प्रस्तुतिहरूले क्लिनिकल व्यवस्थापनका सबै पक्षहरूको सम्बोधन गर्दछ, यसमा फेसिलिटी तयारी र बिरामीको चाप व्यवस्थापन योजना (surge planning), स्वास्थ्यकर्मीमा हुनसक्ने संक्रमणको रोकथाम तथा नियन्त्रण, स्वास्थ्य संस्थाहरूबीचको स्थानान्तरण, कोभिड-१९ भएका मन्द, मध्यम र गम्भीर बिरामीहरूको क्लिनिकल व्यवस्थापन, कोभिड-१९ भएका ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका बिरामीहरू, पुनर्स्थापन, र नैतिकता तथा प्रशामक (palliative) उपचार पर्दछन्। यो कोर्स सिरिजले भिडियो लेक्चरहरू र डाउनलोड गर्न मिल्ने पावरप्वाइन्ट प्रस्तुतिहरूको प्रयोग गर्दछ, जसलाई पछिल्ला मार्गदर्शन र प्रमाणहरूसँगै अद्यावधिक गरिएका छन्। प्रत्येक मोड्युलमा ५ देखि ८ वटासम्म लेक्चरहरू छन् र प्रत्येक लेक्चरमा ज्ञान कति प्राप्ति भयो भन्ने मूल्यांकन गर्न क्विज/प्रश्नोत्तर राखिएका छन्।

    कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल व्यवस्थापनका अन्य पक्षहरूको बारेमा सिकाइ हासिल गर्न तपाईं इच्छुक हुनुहुन्छ भने कृपया यो कोर्स सिरिजमा रहेका बाँकी मोड्युलहरू हेर्नुहोस्।

    • कोर्स : कोभिड-१९ बिरामीहरूको क्लिनिकल व्यस्थापन - ध्यान दिनुपर्ने सामान्य पक्षहरू
    • कोर्स : कोभिड-१९ बिरामीहरूको क्लिनिकल व्यस्थापन - कोभिड-१९ बिरामीहरूको पुनर्स्थापन
    • कोर्स : कोभिड-१९ बिरामीहरूको क्लिनिकल व्यस्थापन - कोभिड-१९ बिरामीहरूको पुनर्स्थापन

    सिकाइ उद्देश्यहरू :

    यो कोर्सको अन्त्यमा सहभागीहरू निम्न कुरामा सक्षम भएका हुनेछन् :

    • कोभिड-१९ को निदान तथा व्यवस्थापनका लागि आमरूपमा उपयोग गरिने प्रयोगशाला परीक्षणको लागि संकेत (inications) तथा उचित प्रयोगको बारेमा छलफल गर्ने।
    • कोभिड-१९ बिरामीहरूको लागि छातीको इमेजिङको सम्बन्धमा रहेका संकेत, मोडालिटी र ध्यान दिनुपर्ने कुराहरूमा छलफल गर्ने।
    • मन्द, मध्यम, गम्भीर र नाजुक÷अति गम्भीर कोभिड-१९ आशंका भएका बिरामीहरूको छातीको एक्सरे, छातीको सीटी स्क्यान र फोक्सोको अल्ट्रासाउण्डमा देखिने आम प्रकारका इमेजिङ नतिजाहरू पहिचान गर्ने।
    • बिरामी र स्वास्थ्यकर्मीहरूको लागि इमेजिङ सुरक्षामा सुधार गर्न रोकथाम तथा नियन्त्रण विधिहरू र रेडिएसन सुरक्षालाई जोड्ने।
    • अक्सिजन थेरापीको औचित्य बताउने र त्यसका संकेतहरूको सूची बनाउने।
    • कोभिड-१९ आशंका भएका बिरामीहरूको मूल्यांकन र व्यवस्थापनमा पल्स अक्सिमेट्रीको उचितरूपमा उपयोग गर्ने।
    • कोभिड-१९ आशंका भएका र अक्सिजन थेरापी आवश्यकता परेका बिरामीहरूको लागि नाकबाट लगाइने क्यानुला वा फेस मास्कको माध्यमबाट अक्सिजन थेरापी सुरु गर्ने र सन्तुलन (titrate) मिलाइराख्ने।
    • कोभिड-१९ भएका बिरामीहरूलाई मन्द, मध्यम र गम्भीर भनी क्लिनिकल रूपमा वर्गीकरण गर्ने।
    • द्रूत रूपमा अवस्था खराब हुने र गम्भीर रोगको लागि जोखिम तत्वहरू पहिचान गर्ने।
    • कोभिड-१९ भएका बिरामीहरू, दीर्घरोग भएकाहरू, बालबालिका र गर्भवती महिलाहरू समेतको घरमा नै उपचार गर्नको लागि ध्यान दिनुपर्ने कुराहरूमा छलफल गर्ने।
    • कोभिड-१९ का बिरामीहरूमा ब्याक्टेरियाको समेत संक्रमण आशंका भएको अवस्थामा एन्टिमाइक्रोबायलको लागि संकेतहरू छलफल गर्ने, एन्टिबायोटिक रेजिमेनहरूको उदाहरण दिने र रेजिमेनहरूको छुटाउँदा वा परिवर्तन गर्दाको संकेतहरूको सूची बनाउने।
    • आमरूपमा देखिने छोटो समयको तीव्र र दीर्घ संक्रमणहरू पहिचान गर्ने र व्यवस्थापन गर्ने, जुन कोभिड-१९ को लक्षणहरूसँग खप्टिने वा कोभिड-१९ बिरामीहरूमा सह-संक्रमण हुने हुनसक्छ।

    कोर्सको समयावधि : यो कोर्स पूरा गर्न करिब ३ घण्टा लाग्नेछ।

    प्रमाण-पत्र : सबै क्वीजहरूमा उपलब्ध कूल अंकको कम्तीमा ८० प्रतिशत अंक ल्याउने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, यो कोर्स सामग्रीहरूको कम्तीमा ८० प्रतिशत भाग पूरा गर्ने सहभागीहरूको लागि पनि सहभागिताको प्रमाणपत्र उपलब्ध छ। उपलब्धि को एक रेकर्ड प्राप्त गर्ने सहभागीहरु यो कोर्स को लागी एक खुला ब्याज डाउनलोड गर्न सक्छन्। क्लिक गर्नुहोस् यहाँ कसरी जान्न को लागी।

    नेपाली बाट 2021, Clinical management of patients with COVID-19: Investigations and care for mild, moderate and severe disease मा अनुवाद गरिएको। यस अनुवादको विषयवस्तु वा शुद्धताको लागि विश्व स्वास्थ्य सङ्गठन जिम्मेवार छैन। यदि अंग्रेजी र नेपाली अनुवादको बीचमा कुनै बेमेल देखा परेमा, मूल अंग्रेजी संस्करण बाध्यकारी र शुद्ध संस्करण हुनेछ।

    Course contents  
    • मोड्युल १: कोभिड-१९ मा प्रयोगशाला परीक्षणका लागि ध्यान दिनुपर्ने पक्षहरू: मुख्य उद्देश्य: सार्स कोरोनाभाइरस-२ को लागि परीक्षण कतिबेला गर्नुपर्छ भन्ने वर्णन गर्ने; सार्स कोरोनाभाइरस-२ लागि विभिन्न नैदानिक परीक्षणहरू बताउने ; कोभिड-१९ भएका बिरामीहरूमा प्रायः प्रयोगशाला परीक्षणमा देखिने असामान्य अवस्थाहरूको वर्णन गर्न
    • मोड्युल २: कोभिड-१९ मा इमेजिङ: मोड्युल उद्देश्य: कोभिड-१९ भएका बिरामीहरूको क्लिनिकल मूल्यांकनमा छातीको इमेजिङको भूमिका पहिचान गर्ने; विभिन्न पल्मोनरी इमेजिङ मोडालिटीहरूको विशेषताहरू र कोभिड-१९ भएका बिरामीहरूको लागि नैदानिक इमेजिङ प्राप्त गर्ने कार्यमा ध्यान दिनुपर्ने कुराहरूको वर्णन गर्ने; कोभिड-१९ का बिरामीहरूको छातीको रेडियोग्राफी, छातीको सीटी स्क्यान र फोक्सोको अल्ट्रसाउण्डमा देखिएका खास इमेजिङ नतिजाहरूको पहिचान गर्ने; बिरामी र स्वास्थ्यर्मीहरूको स्वास्थ्य रक्षामा मद्दत गर्न मेडिकल इमेजिङमा रेडिएसन सुरक्षाको सिद्धान्तहरू लागू गर्ने; कोभिड-१९ मा छातीको इमेजिङ प्रयोग गर्दा बिरामी र स्वास्थ्यकर्मीको रक्षा गर्न संक्रमण रोकथाम तथा नियन्त्रण उपायहरू लागू गर्ने
    • मोड्युल ३: सामान्य र मध्यम कोविड १ of को व्यवस्थापन: मोड्युल उद्देश्यहरू: सामान्य तथा मध्यम कोभिड-१९ को उपचार विकल्पहरू वर्णन गर्ने; अवस्थामा तीव्र गिरावटको जोखिम तत्वहरू, कोभिड-१९ को गम्भीर रोग वा मृत्युको बढ्दो जोखिम बारेमा छलफल गर्ने; कोभिड-१९ भएका बिरामीहरूको घरमा गरिने उपचारका लागि ध्यान दिनुपर्ने पक्षहरूमा छलफल गर्ने
    • मोड्युल ४: अक्सिजन थेरापी: नाक प्रवेशनी र अनुहार मास्क: मोड्युल उद्देश्य : कोभिड-१९ भएका बिरामीहरूको लागि अक्सिजन थेरापीको भूमिका व्याख्या गर्ने; रगतमा रहेको अक्सिजनको तह मापन गर्न पल्स अक्मिेट्रीको भूमिका वर्णन गर्ने; अक्सिजन थेरापीको लागि संकेत अवस्थाहरूको वर्णन गर्ने; नाकबाट लगाइने क्यानुला र फेस मास्कहरूमार्फत् अक्सिजन थेरापी कसरी सुरु गर्ने भन्ने बताउने; नाकबाट लगाइने क्यानुला वा फेस मास्कबाट दिइएको अक्सिजन थेरापीलाई कसरी सन्तुलन (titrate) गर्ने भनी बताउने
    • मोड्युल ५ : गम्भीर कोभिड-१९ को व्यवस्थापन: मोड्युल उद्देश्यहरू : वयस्क र बालबालिकामा गम्भीर प्रकारको कोभिड-१९ को क्लिनिकल विशेषताहरू वर्णन गर्ने; गम्भीर कोभिड-१९ भएका बालबालिका र वयस्कको व्यवस्थापन बारेमा छलफल गर्न
    • मोड्युल ६ : सहसङ्क्रमण र कोभिड-१९ को लागि एन्टिमाइक्रोबायलको प्रयोग: मोड्युल उद्देश्य : कोभिड-१९ भएका बिरामीहरूमा सहसङ्क्रमणको प्रारम्भिक पहिचानको महत्व वर्णन गर्ने; आमरूपमा हुने छोटो समयको तीव्र सह-संक्रमणहरूको उचित व्यवस्थापन वर्णन गर्ने; दीर्घ संक्रमणहरूको रोकथाम र सोको उपचारको निरन्तरताको महत्व वर्णन गर्ने; कोभिड-१९ को आशंका भएका बिरामीहरूलाई प्रयोगात्मक एन्टिमाइक्रोबायल थेरापी सिफारिस कतिबेला गर्ने भनी बताउने